हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागहरुका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको […]
समाचार
आमालाई तरबार ताक्ने छोरा पक्राउ
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ३ खस्यौलीमा आमालाई काट्न भनेर तरबार देखाउने छोरा पक्राउ परेका छन् । रिब्दीकोट ३ बस्ने २४ वर्षीय हिराबहादुर दर्लामीले आफ्नो आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गलौचसहित तरबारले अचानोमा राखी काट्ने भनेर तरबार देखाएर धाक धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता वीरेन्द्र थापाले बताए । थापाका […]
सन्दीप लामिछाने आज थुनामुक्त हुँदै
२९ पुस, काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएकाले उनी थुनामुक्त हुन लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै […]
घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै
२९ पुस, काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर […]