त्रिभुवन विमानस्थलमा विमान अवरतण हुन सकेन, भीओआर मा समस्या

काठमाण्डाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला विमानले अवतरण नगरी आकाशमा घुमिरहेका छन् ।

दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओन्मीडाइरेक्सनल रेडियो रेञ्ज(भीओआर) मा समस्या देखिएपछि ठूला जहाजको अवरतरण प्रभावित भएको हो ।विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार केही प्रविधिक समस्या आएपछि ठूला विमान अवतरणमा समस्या उत्पन्न भएको थियो । उनका भीओआर र डीएमई उपकरण साढे १० बजेतिर बिग्रिएको थियो ।

उक्त उपकरणको ममर्त अहिले सकिएको छ । यो उपकरणले विमानस्थल र जहाजबीचको दूरी र विमान रहेको दिशा पत्ता लगाउने काम गर्छ ।उक्त उपकरणहरु विग्रदा ७ वटा अन्तर्राष्ट्रिय जहाज त्रिभुवन विमानस्थलमा अवतरणका लागि केहीबेर आकाशमा नै होल्ड भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *