अमेरिकन आइडलको उत्कृष्ट ७ मा छनोट भए दिवेश

टेक्सस। विश्व प्रसिद्ध गायन प्रतिभाको खोज ‘रियालिटी शो’ अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न सफल भएका छन् । फाइनल अर्को साता १७ मेमा हुनेछ ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक भोट ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा ‘आर्थन गन’को नामले प्रतिस्पर्धा गरेका हुन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् । 

अमेरिकन आइडलमा भोट एसएमएस गरेर, अमेरिकन आइडलको एप डाउनलोड गरेर र अमेरिकन आइडलको वेबसाइटमा गएर गर्न सकिन्छ । तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ । तर, यो अमेरिकामा बस्नेहरुका लागि मात्रै हो । नेपाल र अन्य मुलुकबाट भोट गर्न चाहिँ भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ ।

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र ‘द लिटल मर्मेड’को एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए । 

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *