बलिउड अभिनेता ऋषि कपूर को मुंबई मा निधन

 काठमाडौं । बलिउडका अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनको निधनको खबर अभिनेता अमिताभ बच्चनले ट्वीट गरेर पक्का गरेका थिए ।

क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्याले स्वास्थ्य अवस्था बिग्रिएपछि कपूरलाई बुधबार बिहान मुम्बईकाे एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएकाे थियो ।

अमेरिका झण्डै एक वर्षसम्म क्यान्सरकाे उपचार गरेपछि ऋषि कपूर गएकाे वर्षकाे सेप्टेम्बरमा भारत फर्किएका थिए । यही वर्षकाे फेब्रुअरीमा स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गरिएकाे थियाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *