बलिउड अभिनेता इरफान खानको अन्त्येष्टि सम्पन्न

एजेन्सी । बलिउडका अभिनेता इरफान खानको अन्त्येष्टि सम्पन्न भएको छ । मुम्बईको भरशोभा कब्रस्तानमा बुधबार दिउँसो उनको शव गाडिएको हो । 

लकडाउनको कारण कलाकारहरुको खासै उपस्थिति हुन नसकेपछि परिवार, नजिकका आफन्त र साथीहरू बीच उनको अन्त्येष्टि गरिएको हो ।  भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्तिम विदाइमा २० जनालाई मात्रै प्रवेश गर्न दिइएको थियो । 

मंगलबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका उनको बुधबार बिहान निधन भएको हो । उनी सन् २०१८ देखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रस्त थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *