अमेरिकाबाट दिवेशले भने : मलाई अगाडि बढाउने जिम्मा तपाईकाे हातमा छ, भाेट गरिदिनु हाेला ! यस्तो छ भोट गर्ने तरीका

काठमाडौ । यतिबेला सिंगाे विश्व नै काेराेना भाइरसकाे कहरमा अल्झिरहेकाे छ । सबैतिर डर, निरासा र बेखुसी छाइरहेकाे छ । यसैबिचमा संसारभर छरिएर रहेका नेपालीमाझ खुसी दिलाउने काम गरेका छन नेपाल दिवस पाेखरेलले । अर्थर गन भनेर पनि चिनिने दिवस पाेखरेल विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका छन ।

नेपालमा जन्मिएर यतै हुर्किएका दिवस अमेरिका छिरेकाे केही बर्ष भयाे । पहिलेदेखिनै संगित कर्ममा लागेका उनकाे पहिचान भने अमेरिकन आइडलबाटै नै भयाे । अमेरिकन आइडलबाटै सारा नेपालीले गर्व महशुस गरे । त्यिनै दिवेशलाई अब अगाडि बढ्नको लागि हामी सबैकाे सहयोगका खाँचाे रहेकाे छ । उनकाे अघिल्लाे चरणकाे यात्रा जारी रहिरहनका लागि संसारभर रहेका नेपालीले भाेट गर्न आवस्यक रहेकाे छ । यसअघि नै टप २० मा पुगिसकेका दिवसकाे अबकाे यात्रामा सबैकाे साथ चाहिने भएकाे हाे । दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन् । साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन् । उनले संसारभर रहेका नेपालबाट धेरैनै आशा राख्दै भाेट अपिल गरेका छन ।

दिवेशले ‘अर्थर गन’ को उपनामबाट गाउँदै आएको बताएका छन् । अमेरिकन आइडलको अडिसन राउन्डबाट उनी अर्को राउन्डको लागि छनौट हुँदा संसारले नै नेपाल चिनेको थियो । अहिले उनी नै फाइनल राउण्डका लागि भोट मागिरहेका छन् । विश्वकै एक ठुलाे मञ्च मानिने अमेरिकन आइडलमा अडिसनबाटै धमाकेदार प्रस्तुति दिएका नेपाली दिवेशले विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको मन जित्न सफल भएका थिए । त्यसपछिका हरेक प्रस्तुतिमा पनि सानदार प्रस्तुति दिएका अनकाे चर्चा संसारभर नै भएकाे थियाे । अव उनलाइ अगाडि बढाउन सबैकाे सहयाेगकाे खाँचाे रहेकाे छ । संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् । दिवेशका लागि भोटिङ खुल्ला भइसकेकाे छ । आउँदो अप्रिल २९ तारिखसम्म उनलाई भोट गर्न पाइनेछ ।

जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ । मोवाइल एसएमएस पठाएर, अमेरिकन आइडलको मोवाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिनेछ । प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइने बताइएकाे छ । अहिले सामाजिक संजालमा उनलाइ भाेट अपिल भइरहेकाे छ ।

भाेट गर्ने तरिकाः

१. माेबाइलकाे म्यासेज बक्समा १६ लेखेर २१५२३ मा म्सासेस पठाउनु पर्ने छ ।
२. अमेरिकन आइडलकाे एप्लिकेसन डाउनलाेड गरेर इमेल एकाउण्ट राख्दै भाेट गर्न सकिने छ ।
३. अमेरिकन आइडलकाे वेवसाइट idolvote.abc.com मा गएर पनि भाेट गर्न सकिने छ ।

देश बाहिरका बिभिन्न रियालिटि शाेमा नेपालीहरूले सहभागिता जनाउदै आएका छन । तर अमेरिकाको रियालिटी शो अमेरिकन आइडलमा छानिने उनी पहिलो नेपाली हुन् । काठमाडौंका पोखरेल हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *