विश्वव्यापी रुपमा तेल उत्पादन १० प्रतिशतले घटाउने सहमति

एजेन्सी । इन्धनको उत्पादन कम गर्न तेल उत्पादक देशहरुको समूह ओपेक तथा त्यसका साझेदाहरु सहमत भएका छन्। ओपेकले तेल कटौति सम्बन्धी सहमति औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । तर त्यसका सदस्य राष्ट्रहरुले भने सहमति जनाइसकेका छन् ।

योसँगै नियमित भन्दा अब दैनिक ९.७ मिलियन ब्यारेल तेलको उत्पादन कम हुनेछ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका अधिकांश क्षेत्रमा लकडाउन तथा सार्वजनिक गतिविधि बन्द हुँदा इन्धनको माग कम भएपछि विश्वव्यापी रुपमा उत्पादन १० प्रतिशतले घटाउने सहमति भएको हो ।

आइतबार भिडियो कन्फ्रेन्स मार्फत भएको छलफलमा यो सहमति जुटेको हो । तेल उत्पादनमा यति ठूलो मात्रामा कटौति गर्ने सहमति भएको यो पहिलो पटक हो । अप्रिल ९ देखि नै तेल उत्पादन कम गर्ने तयारी थियो, तर मेक्सिकोले सहमति नजनाउँदा लागु हुन सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *