आजदेखि खुले बैंक तथा वित्तीय संस्था

काठमाडोैं । आजदेखि बैंक तथा वित्तीय संस्थाहरूका सबै शाखा खोलिएका छन् । तेस्रो त्रैमासको अन्तिम दिन राजस्व र ऋण उठाउनका निम्ती सबै बैंक तथा वित्तीय संस्थाहरूलाई खोल्न शनिबार नै परिपत्र जारी भएपश्चात् बैंकका शाखा आजबाट खुलेका हुन् । कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले तालिका बनाएर आफ्ना सीमित शाखाहरू मात्रै खोल्दै आएका थिए ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आइतबार देशैभरिका सबै बैंक तथा वित्तीय संस्था खुला रहन्छन् । सबै काम कारबाही हुन्छन् । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सुरक्षित तबरमा बैंकिङ कार्यलाई अगाडि बढाइने प्रवक्ता भट्टको भनाइ छ । कोरोनाको जोखिम घटे यसलाई नयाँ वर्षबाट पुनः निरन्तरता दिइने बैंकर्स संघको भनाइ छ ।

यता वाणिज्य बैंकका सीईओ किरण श्रेष्ठ भने आजदेखि बैंक खुलाइए पनि ऋण नउठ्ने बताउँछन् । उनले भने, ‘लकडाउनले गर्दा व्यापार व्यवसायलगायतका रोजगारी सबै ठप्प छन् । यस्तो अवस्थामा ऋण तिर्नुपर्ने ऋणीले तिर्न सक्ने अवस्था छैन ।’

उनका अनुसार तेस्रो त्रैमासको अन्तिम दिन भएकाले पनि बैंक खोल्नैपर्ने हुन्छ । संक्रमण बढेर लकडाउन लम्बियो भने आवश्यकताअनुसार पहिलेजस्तै थोरै शाखाहरू मात्र समय मिलाएर खुल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *