कोभिड–१९: विश्वभर १९ करोडभन्दा धेरै मानिस बेरोजगार हुने प्रक्षेपण

कोरोना भाइरसका कारण विश्वभर १९ करोडभन्दा धेरै मानिस बेरोजगार हुने प्रक्षेपण गरिएको छ । विभिन्न कम्पनीले अस्थायी वा स्थायी रुपमा कर्मचारी कटौती गर्न थालेको र केही कम्पनी बन्द हुने अवस्थामा पुगेले बेरोजगार बढ्ने देखिएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओले जनाएको छ ।

सन् २०२० को चौमासिकसम्ममा १९ करोडभन्दा धेरै मानिस रोजगारविहीन हुने सङ्गठनको अनुमान छ । सङ्गठनका अनुसार हरेक पाँचमध्ये ४ जना व्यक्तिको रोजगार गुम्नेछ ।

आईएलओले पनि कोरोना भाइरसको महामारीको अवस्थालाई दोस्रो विश्व युद्धपछिको गम्भीर सङ्कट भनेको छ ।कोरोना भाइरसको प्रकोप अन्तर्राष्ट्रिय जगतको लागि एउटा परीक्षा रहेकोले भन्दै सबै मिलेर अघि बढ्नुपर्ने आईएलओले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *