कालिमाटीमा केही दिन तरकारी तथा फलफुल कारोबार नहुने

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित थोक तरकारी तथा फलफुल बजारमा केही दिन तरकारी तथा फलफुल कारोबार नहुने भएको छ ।

कालिमाटीमा तरकारी र फलफुल किन्न जानेको भिड हुन थालेपछि तत्कालका लागि तरकारी तथा फलफुल नबेच्ने निर्णय गरिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अब केही समय कालिकाटीमा तरकारी तथा फलफुलका भण्डारण मात्र गरिने छ ।

कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बजारबाट कारोबार नगर्ने निर्णय गरिएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले बताए ।

लकडाउनका कारण यसअघि बिहान २ बजेदेखि ६ बजेसम्म बजार खुलने गरेकोमा भिड बढेपछि काठमाडौंका ११ स्थानमा तरकारी बिक्रीको व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले कलंकी, बाफल, स्वयम्भू, बनस्थलि, गंगोबु, बसुन्धारा, चाबहिलको गोपिकृष्ण हल, तीनकुने, लैनचोर, रत्नपार्क र कोटेश्वर चोकमा तराकरी पसल खोल्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *