नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुग्यो, थप एकको आज पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन पुगेको छ । बुधवार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ । यससँगै कोरोना संक्रमितको संख्या नेपालमा तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले थप एक जनाको नुमना परीक्षणमा पोजेटिभ रिपोट आएको बताएको छ । तर उनको बारेमा भने खुलाइएको छैन ।

चीनबाट फर्केका एक युवालाई पहिलो कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् । तीन दिनअघि फ्रान्सबाट फर्केकी एक १९ बर्षीया युवतीमा कोरोनाको संक्रमण देखापरेको थियो । उनको उपचार भइरहेको छ । त्यसैगरी बुधवार थप एक संक्रमित ब्यक्ति भेटिएका छन् ।

नेपालमा हालसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ । ति मध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *