मनोरञ्जन

चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला

काठमाडौँ । चलचित्र निर्माताहरुको साझा संस्था चलचित्र निर्माता संघले आज काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । चलचित्र विकास बोडमा आयोजित भेलामा निर्माताहरुले आफ्ना समस्या प्रस्तुत गर्नेछन् । करिब ३ सय बढी सदस्यहरुको सहभागिता रहने भेलामा निर्माताहरुले फिल्म निर्माणमा आउने समस्या, वितरणमा देखिएको समस्या र नीतिगत समस्याको बिषयमा समेत छलफल गर्नेछन् । छलफलबाट निस्किएको निष्कर्ष चलचित्र विकास बोर्ड, चलचित्र संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्ना मागका रुपमा पेस गर्ने तयारी संघले गरेको छ ।

भेलामा चलचित्र बिकास बोर्ड, चलचित्र संघ, निर्देशक समाज लगायतलाई निम्त्याइएको छ । भेलामा ‘चलचित्र क्षेत्रको विकाश र बिस्तारको खोजी’ भन्ने शीर्षकमा पनि बृहत छलफल हुने निर्माता संघका अध्यक्ष नवल खड्काले बताए । ‘‘चलचित्र क्षेत्रको विकास र विस्तारको खोजी’ को बिषयमा पहिले मैले कुरा राख्छु । त्यसपछि उपस्थित अतिथिले कुरा राख्नु हुनेछ’ खड्काले भने ।

कार्यक्रममा नेपाली कला क्षेत्रबाट प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गरेका रोज राणा, मृदुकुमार श्रेष्ठ र आसिम शाह लगायतलाई समेत सम्मान गरिनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *