मकवानपुरमा सेनाले बनायो ५० शैयाको क्वारेन्टाइन

हेटौंडा । नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले कोरोना भाइरसलाई मध्येनजर गर्दै भीमफेदी गाउँपालिका–१ सामरी पुल नजिकै क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बेलैमा वच्नका लागि क्वारेनटाइन निर्माण गरिएको जनाइएको छ ।


हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्ने छोटो मार्गको सामरी पुल भन्दा माथि सेना प्रयोग गर्दै आएको चौरमा क्वारेन्टाइन निर्माण गरिएको पुरानो गोरखगणका गणपति अनिल वुढाथोकीले जानकारी दिए ।
बाग्मती प्रदेश सरकार र स्थानीय प्रशासनको निर्णय अनुसार हेल्थ डेस्क, विभिन्न स्थानमा गरिने चेकजाँचमा नेपाली सेनाले सहयोग गर्ने बुढाथोकीले बताए । उनले नेपाली सेना जुनसुकै समयमा पनि सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
त्यस्तै बागमती प्रदेश सरकारले हेटौंडाका चार स्थानमा ५ सय शैयाको क्वारेनटाइन निर्माण गर्न थालेको छ ।

प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिका–११ स्थित हेटौंडा एकेडेमीमा २ सय शैया, हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानमा १ सय शैया, गौरीटार संगशालामा १ सय शैया, र कर्रा्स्थित सशस्त्र प्रहरी क्याम्पमा १ सय शैया गरी ५ सय शैया क्वारेन्टाईन निर्माण गर्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *