बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको अनुमति लिएर मात्रै विद्युतिय बैंकिङको शुल्क लिन पाउने भएका छन्।
केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्क सम्बन्धि पूर्व जानकारी गराएर मात्रै इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतिय बैंकिङ सेवा वापतको शुल्न लिन पाउने नयाँ व्यवस्था गरेको हो।
त्यस्तै विद्युतिय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकहरुलाई मोबाइल, इन्टरनेट, एसएमएस बैंकिङको आफ्नो युजरनेम र पासवर्ड हराएको वा विर्सिएमा आफैं प्राप्त गरी सेवा पुन सुचारु गर्न सक्ने व्यवस्था गरेको छ।