पछिल्लो समय नेप्से परिसूचकले दैनिक नयाँ उचाइ कायम गरिरहेको छ। यस साता मात्रै नेप्सेले तीन पटक एक पछि अर्को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९१ अंक बढेर २१९४.४९ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो। यसै साताको पहिलो कारोबार दिन नेप्सेले सो अघिको अलटाइम हाइ रेकर्ड तोडेर २१७५.२८ को नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई हिजो अर्थात बुधबार तोडेर २१७८.५७ को अलटाइम रेकर्ड बनाएको नेप्सेले आज पुनः सो रेकर्डलाई तोडेर २१९४.४९ विन्दुको नयाँ रेकर्ड बनाएको हो।
