कपिलवस्तुमा थप ३ सङ्क्रमित भेटियो

कपिलवस्तु । कपिलवस्तुमा थप ३ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएको छ । गाउँपालिकाको वडा नं १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा बसेका मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

सत्र तथा १८ –१८ वर्षीय ३ पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कपिलवस्तुमा कोरोना पोजेटिभको सङ्ख्या ५ पुगेको छ। यसअघि त्यहाँ रहेका ६५ मध्ये १२ जनाको परीक्षण हुँदा दुई सङ्क्रमित फेला परेका थिए।

अब काठमाडौँको टेकुस्थित प्रयोगशालामा कपिलवस्तुवाट पठाइएको स्वाब परीक्षण गर्न बाँकी नरहेको कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *