१८ पुस, काठमाडौं । सरकारले विद्युतीय राहदानी (ईपासपोर्ट) मा के-केको तस्वीर राख्ने भनेर टुंगो लगाएको छ । विभिन्न पृष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ ।
पुस १० गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयपछि ई-पासपोर्टमा रहने तस्वीरहरुको टुंगो लगाएपछि अब सरकारले तोकिएका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो संकलन गरेर छपाइको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
माथी उल्लेखित तस्वीरहरुका अतिरि्क्त तिलिचो ताल, सेफोक्सुन्डो ताल, खप्तड पाटन क्षेत्र, माच्छापुच्छ्रेको छायासहितको फेवा ताल र माथिल्लो तामाकोसी प्रसारणलाइनलाई वैकल्पिक तस्वीरका रुपमा रोजिएको छ ।
अहिले नेपालले मेसिन रिडेबल पासपोर्ट प्रयोग गरिरहेको मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुसार नेपालले पनि विद्युतीय राहदानी प्रयोग गर्न लागेको हो । यो पासपोर्टमा विद्युतीय चिप जोडिएको हुन्छ, जसमा सम्पूर्ण व्यक्तिगत विवरण राखिएको हुन्छ । जसलाई मेसिनले सहजै रिड गर्नसक्नेछ । यो कम्प्युटर प्रणालीमा आधारित हुनेछ ।