चीनको नियन्त्रणमा रहेका भारतीय सैनिक मुक्त

चिन । चिनियाँ सैनिकहरूसँग गलवान उपत्यकामा भएको हिंस्रक भिडन्तपछि चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई चीनले मुक्त गरेको छ । 

मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकहरूलाई छोडिएको हो । तिनमा एक लेफ्टिनेन्ट कर्नेल र तीन मेजर थिए । 

चीनले भारतीय सैनिकहरूलाई बिहीवार साँझ छोडेको हो । 

सोमवार राति भारतीय र चिनियाँ सैनिकबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका छन् भने ७८ जना घाइते भएर अस्पतालमा भर्ना भएका छन् । 

चीनले हताहत भएका सैनिकको संख्या सार्वजनिक गरेको थियो । 

यसबीच भारतीय सेनाका केही अधिकारीहरूले चीनलाई जवाफ फर्काउनका लागि सीमित सैन्य कारवाही गर्नुपर्ने बताएका छन् । तर यो राजनीतिक निर्णय हुनुपर्ने उनीहरूको भनाइ छ । 

चीनले पूर्वी लद्दाखमा सेनाको उपस्थिति बढाएको छ । चीनको सैन्य संख्याबल र शक्ति भारतको भन्दा निकै माथि भएकाले राजनीतिक, आर्थिक र कूटनीतिक विकल्पमा जोड दिनुपर्ने विश्लेषकहरूको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *