थप १ सय २ जना डिस्चार्ज, निको हुनेको संख्या ४ सय ६७

काठमाडौं । पछिल्लाे २४  घण्टामा थप १ सय २ जना डिस्चार्ज भएका छन्। याे सँगै  डिस्चार्ज हुनेकाे सँख्या   ४ सय ६७ पुगेकाे छ। 

स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देबकाेटाका अनुसार  देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १०२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका  हुन्। जसमध्ये २ महिला र एक सय जना पुरुषहरु रहेका  छन्।

स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२  , कलैया अस्पताल बाराबाट बाराका ३४  , बलम्बु अस्पतालबाट महोत्तरीका १  , बुटवलबाट रुपन्देही र कपिलवस्तुका २७ , दाङबाट १०  जना र  गौरको नर्सिङ इन्स्टिट्युटबाट रौतहटका १८ जना  डिस्चार्ज भएका छन्।

प्रदेशिक बिबरण अनुसार  हालसम्म प्रदेश १मा ९१, प्रदेश २मा १८६, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा १३३ र कर्णाली प्रदेशमा ९ मा सुदुरपश्चिम प्रदेशमा १३ जनाले कोरोना संक्रमण जितेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *