आगामी ३ दिन चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

काठमाडाैं, ३१ वैशाख । अबको तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे छ ।महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज बुधबार देखि शुक्रबारसम्म देशभरि मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे जनाएकाे छ ।

आज देशको अधिकांश भू-भागमा सामान्य बदली रहने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार आज पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे छ ।

भाेलि {बिहीबार} देशको पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली रहने छ । बांकी भु-भागमा भने आंशिक बदली रहनेछ । बिहीबार पनि पूर्वी र पश्चिमी भू-भागका केही स्थानहरु मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

पर्सी शुक्रबार पनि पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली हुने छ भने बांकी भू-भागमा आंशिक बदली हुनेछ । शुक्रबार पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *